बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपति बाइडेन र रसियाका राष्ट्रपति पुटिनबीच प्रत्यक्ष भेटवार्ता हुँदै

बुधबार, १२ जेठ २०७८, ०० : ०२
बुधबार, १२ जेठ २०७८

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच पहिलोपटक प्रत्यक्ष वार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति बनेपछि पहिलोपटक जो बाइडेन र पुटिनबीच १६ जुनमा प्रत्यक्ष कुराकानी हुने भएको हो । ह्वाइट हाउसले दुई राष्ट्रपतिबीच १६ जुनमा जेनेभामा भेटवार्ता हुने कुराको पुष्टि गरेको छ । पछिल्ला वर्ष अमेरिका र रसिया बीचको सम्बन्ध त्यति राम्रो छैन ।

बाइडेन र पुटिनले पनि एक अर्कालाई धेरै पटक व्यक्तिगत रुपमा टिप्पणी गर्दै आइरहेका छन् । यसअघि राष्ट्रपति बाइडेनले एबीसी न्युजसँगको कुराकानीका क्रमममा रुसी राष्ट्रपति पुटिनमाथि सन् २०२० को अमेरिकी चुनावमा गडबड गरेको आरोप लगाउँदै त्यसको मूल्य तिर्नुपर्ने चेतावनी दिएका थिए । बाइडेनले एक साक्षात्कारमा पुटिनलाई एक ‘घातक’ व्यक्तिको संज्ञा समेत दिएका थिए ।

त्यसको जवाफमा पुटिनले बाइडेनलाई रुसी टेलिभिजनमार्फत आफुसँग लाइभ कुराकानी गर्न चेतावनी दिएका थिए । मंगलबार ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन साकीले भने– ‘ जुन १६ को बैठकमा सबै मुद्दाहरुमा छलफल हुन्छ । ती मुद्दाहरु के–के हुन् सबैलाई थाहा भएकै कुरा हो । हामी रुस र अमेरिकाबीच सम्बन्ध  सुधार गर्न र विश्वव्यापी मुद्दाहरुमा​ सहयोग गर्न चाहान्छौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप