कर्णाली प्रदेशमा रिफिलिङ सिस्टम सहितको अक्सिजन प्लान्ट स्थापना गरिँदै
कर्णाली प्रदेश सरकारले रिलिफ सिस्टम सहितको अक्सिजन प्लान्ट स्थापना गरिने भएको छ । मन्त्रिपरिषद बैठकले अक्सिजन अभावको समस्यालाई निराकरण गर्न सुर्खेत र कालिकोटमा रिफिलिङ सिस्टम सहितको अक्सिजन प्लान्ट स्थापना गर्न दुई करोड रकम उपलब्ध गराउने निर्णय गरेको हो।
प्लान्ट स्थापना गर्नका लागि स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतलाई १ करोड २० लाख र स्वास्थ्य सेवा कार्यालय कालिकोटलाई ८० लाख रकम थप गर्ने भएको हो । त्यस्तै खाद्यान्न अभाव हुन नदिनका लागि प्रदेश सरकारले खाद्य प्रविधि तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत लाई ८३०० क्वीन्टल खाद्यान्न ढुवानीका लागि २ करोड ४७ लाख ९८ हजार ८ सय ३३ रुपैयाँ अनुदान प्रदान गर्ने भएको छ ।
यसका साथै खाद्यान्न खरिदका लागि डोल्पा र कालिकोटका स्थानीय तहहरूलाई रकम हस्तान्तरण गर्न स्वीकृत समेत प्रदान गरेको छ । त्यस्तै कर्णाली प्रदेश अस्पताल र स्थानीय तहका स्वास्थ्य संस्थामा छात्रवृत्ति करारमा कार्यरत विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतहरुको म्याद आगामी असार मसान्त सम्म का लागि थप गरेको छ ।
त्यस्तै प्रदेश सरकारले जलश्रोतको एकीकृत उपयोग, व्यवस्थापन तथा संरक्षण नीति २०७८ लाई स्वीकृत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
-
फेवातालको मापदण्ड घटाउन जग्गाधनीले दिए सर्वोच्चमा रिट
-
पोखरा महानगरलाई लेखा समितिको निर्देशन: बेरुजु नतिर्नेको तीनपुस्ते सार्वजनिक गर
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची