आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

पोखरामा अन्तर्राष्ट्रिय स्तरको पढाइ सुरु गर्न लागेको फिस्टेलले थाल्यो अन्तक्रिया

मङ्गलबार, ११ जेठ २०७८, २२ : ३६
मङ्गलबार, ११ जेठ २०७८

पोखरा । पोखरामा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक कार्यक्रम सुरु गर्न लागेको फिस्टेल एकेडेमीले अभिभावकको सुझाबका लागि छलफल थालेको छ । १८ रोपनी क्षेत्रफलमा पोखरा बिरौटामा सुविधा सम्पन्न भवन बनाएको फिस्टेलले थप २२ रोपनी जमीनमा खेलमैदान समेत सञ्चालनमा ल्याउन लागेको छ । 

कोरोना महामारीका कारण भौतिक रुपमा उपस्थित हुन असम्भव भएकाले जुममार्फत अभिभावकहरूसँग छलफल थालिएको संस्थापक निर्देशक चिनु रानाभाटले बताए । उनले विश्वका धेरै मुलुक भ्रमण गर्दा  त्यहाँ सफल भएको शिक्षालाई पोखरामा सञ्चालन गर्ने सोचाइ बनाएर आवस्यक योजना बनाएको बताए ।

पोखराबाट धेरै अभिभावकले छोराछोरीलाई गुणस्तरीय शिक्षाका लागि काठमाडौं र भारतका विभिन्न सहरमा पठाउने गरेको अवस्थामा पोखरामै अन्तर्राष्ट्रियस्तरको विद्यालय सञ्चालनको जमर्को गरेको रानाभाटले बताए । ‘युग सुहाउँदो प्रगतिशील शिक्षाका लागि हामीले जनशक्ति जुटाएका छौं’ उनले भने । ‘शिक्षा र अतिरिक्त क्रियाकलापका लागि हामी कुनै सम्झौता गर्दैनौं, अभिभावकको चाहनाअनुसार गुणस्तरीय शिक्षा दिन्छौं ।’ 

कक्षा सुरु हुनु अगाडि अहिले शिक्षकहरुलाई न्युजिल्यान्ड र काठमाडौंको टिमले तालिम दिइरहेको उनले जानकारी गराए । हाल १२ कक्षासम्मको पढाइ हुने फिस्टेलमा आगामी दिनमा उच्च शिक्षाका कक्षासमेत सञ्चालन गरिने संस्थापक निर्देशक रानाभाट बताउँछन् । फिस्टेलले यस वर्षदेखि नै साइन्समा ११÷१२ को कक्षासमेत सञ्चालन गर्दै छ ।

प्रिन्सिपल विशाल क्षेत्रीले शैक्षिक क्षेत्रमा हालसम्म आर्जन गरेको ज्ञान सदुपयोग गर्दै गुणस्तरीय शिक्षाका लागि आफू लागिरहने प्रतिबद्धता ब्यक्त गरे ।‘गुणस्तरीय र प्रभावकारी शिक्षाका लागि विद्यालय  तथा अभिभावकबीच नियमित संवाद जरुरी हुन्छ, यसमा हाम्रो जहिले पनि प्राथमिकता रहन्छ’ उनले भने ।

सेन्ट जोसेफ स्कुलमा पढेका क्षेत्री यसअघि काठमाडौंको प्रिमियर इन्टरनेसनल कलेजमा कार्यरत थिए ।  काठमाडौं उपत्यका मात्र नभएर पूर्वदेखि पश्चिमसम्म नाम चलेका स्कूलहरुमा समेत उनले काम गरिसकेका छन् ।  आगामी शैक्षिक सत्रका लागि यही जेठ १३ गते प्रवेश परीक्षा हुनेछ । कोरोना महामारीका कारण प्रवेश परीक्षा भर्चुअल नै गर्न लागेको समेत उनले जानकारी दिए । 

कार्यक्रममा अभिभावकहरु किरण केसी, बन्दना केसी, गोपि भट्टराई, सुहानिका अग्रवाल, सुजन कायस्थ, दीपक आचार्य, पत्रकार रमेश पौडेल, दीपेन्द्र श्रेष्ठ लगायतले जिज्ञासा राख्नुका साथै सुझाव समेत दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप