कास्कीमा निषेधाज्ञा उल्लघंन गर्नेलाई ५ लाख जरिवाना हुने
मङ्गलबार, ११ जेठ २०७८, २० : ०४

पोखरा । कास्कीमा जारी निषेधाज्ञा उल्लंघन गरे ५ लाख जरिवाना तिर्नुपर्ने भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यलय कास्कीले सूचना जारी गर्दै निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिले एक लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने उल्लेख गरेको छ ।
त्यसैगरी निषेधाज्ञा उल्लघंन गर्ने संघ–संस्थाले भने ५ लाख रुपैयाँसम्मको जरिवाना तिर्नुपर्ने बताएको छ । सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर पौडेलले जारी गरेको सूचनामा निषेधाज्ञामा नेपाल सरकारको कोभिड व्यवस्थापन सम्बन्धि २०७८ मा जारी अध्यादेशअनुसार कोही कसैले मापदण्ड पालना नगरेमा नगद, कैद वा दुवै सजाय हुन सक्ने उल्लेख गरिएको छ ।
कोरोना नियन्त्रण तथा रोकथाम थप प्रभावकारी बनाउन प्रशासनले यस्तो निर्णय लिनु परेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँबुखैरेनीमा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
-
करिब चार अर्बको युनिटी घोटाला : यसरी ठगिएका थिए तीन लाख ६६ हजार सर्वसाधारण
-
नेपाल सुपर लिग : झापासँग रोकियो ललितपुर
-
हत्या गरी फरार रहेका ३ जना पक्राउ
-
दुल्लु दरबार पुनर्निर्माणमा बेवास्ता गरिएपछि उच्च अदालतमा रिट दायर
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी भएनन् पूर्णबहादुर र गगन