शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश सरकारको प्रवक्तामा नेपाली

मङ्गलबार, ११ जेठ २०७८, १९ : ४४
मङ्गलबार, ११ जेठ २०७८

सुर्खेत । केही दिनअघि मात्र मन्त्रीमा नियुक्त भएकी सीताकुमारी नेपालीलाई कर्णाली प्रदेश सरकारको प्रवक्ताको जिम्मा दिइएको छ । आर्थिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रालयको जिम्मा पाएकी उनी नेकपा माओवादी संसदीय दलकी सचेतक समेत हुन् । नेपालीलाई मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले प्रवक्ताको जिम्मा दिएको हो ।

यसअघि प्रवक्ताको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले हेर्दै आएपनि नियुक्ति भने भएको थिएन । विगत तीन वर्षदेखि कर्णाली प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी विमला केसीले सम्हाल्दै आएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप