बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा १४ गतेदेखि किराना र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय (भिडियो सहित)

मङ्गलबार, ११ जेठ २०७८, १७ : ३८
मङ्गलबार, ११ जेठ २०७८

काठमाडौं उपत्यकामा किराना पसल र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेका हुन् । किराना र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय जेठ १४ गतेबाट लागु हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले रातोपाटीलाई बताए । 

मंगलबार काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी बैठकले निजी र सार्वजनिक निर्माणका कार्य पनि बन्द गर्ने निर्णय गरेको छ । 

‘अब साग–सब्जी पसल मात्र खोल्न पाइन्छ’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रातोपाटीसँग भने–‘कोभिड–१९ को चेन ब्रेक गर्नका लागी यो निर्णय लिएका हौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप