विपक्षी गठबन्धनका शीर्ष नेताको छलफल सकियो, के भयो निर्णय ?

विपक्षी गठबन्धनका ५ पाँच दलका शीर्ष नेताबीचको छलफल सकिएको छ । सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलबीच छलफल भएको हो ।
उनीहरुबीच सर्वोच्च अदालतमा दायर रिटपछि अपनाउनुपर्ने आगामी रणनीतिका विषयमा छलफल भएको बताइएको छ । त्यस्तै छलफलमा कानुनी लडाइँबारे कसरी अघि बढ्ने र कतिपय सांसदहरुको ठेगानामा भएको त्रुटीलाई सच्चाउने विषयमा पनि छलफल भएको सहभागी काँग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
पाँच दलका तर्फबाट सोमबार प्रतिनिधिसभा विघटन बदर र बहुमत भएकाले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग गर्दै १ सय ४९ सांसदले रिट दर्ता गरेका थिए । उनीहरुले यसअघि जेठ ७ गते ७६ (५) अनुसार प्रधानमन्त्री दाबी गर्दै राष्ट्रपति कार्यालयमा आधार पेश गरेपनि राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलाली बहुमुखी क्याम्पसको स्ववियुमा नेविसंघको पुनरागमन, सन्तोष पन्त बने सभापति
-
दरबारिया र राजतन्त्रका मतियारहरूलाई सडकमै पछार्नु पर्छ: उपप्रधानमन्त्री पौडेल
-
शिक्षक र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुँदै
-
पूर्वराजालाई समितिमा बोलाउन कांग्रेस सांसदको प्रस्ताव
-
सहकारीको सम्पत्ति बेचर ५ लाख रुपैयाँसम्मको बचत फिर्ता दिन सुझाव
-
रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट