शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा शाओमी पोको एफ ३ः शक्तिशाली प्रोसेसर, लाइटनिङ फास्ट स्टोरेज र एमोलेड स्क्रिनका साथ यस्ता छन् विशेषता

मङ्गलबार, ११ जेठ २०७८, १६ : ०७
मङ्गलबार, ११ जेठ २०७८

काठमाडौं । स्मार्टफोन ब्रान्ड पोकोले आज नेपालमा आफ्नो ‘पोको एफ ३’ सार्वजनिक गरेको छ । पोको एफ ३ शक्तिशाली प्रोसेसर, लाइटनिङ फास्ट स्टोरेज र ब्रान्ड न्यू रिफ्रेस रेट एमोलेड स्क्रिनको साथ बजारमा आएको कम्पनीको दावी छ । 

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीका अनुसार पोकोका उत्पादनहरूले नेपालमा राम्रो बजार लिएको छ । सवैभन्दा शक्तिशाली पोकोको स्मार्टफोन, पोको एफ ३ क्वालकम, स्न्यापड्रागन ८७० ५जी मोबाइल प्लाटफर्म र ६.६७ ई ४ एमोलेड डट डिस्प्ले १२० एच रिफ्रेस रेटको साथसाथै डोल्बी एटमोस अडियोको साथ आउँछ । शक्तिशाली स्लीम र लाइट रहेको पोको एफ ३ हाई–एन्ड फ्ल्यागसिपमा उपलब्ध छ ।

पोको एफ ३–द रियल बिस्ट

पोको एफ ३ ब्रान्ड सबैभन्दा शक्तिशाली उपकरणको साथ स्न्यापड्रागन ८७० ५जी मोबाइल प्लाटफर्मद्वारा सञ्चालित बिग लिगको स्मार्ट फोनमा पर्दछ । यसमा ३.२ गिगाहट्र्जको अपग्रेडेड क्वालकम काइरो ५८५ सीपीयू प्राइम कोर क्लक स्पीड छ । अल्ट्रा–फास्ट क्वालकम एड्रेना ६५० जीपीयूको साथमा पोको एफ ३ ले शानदार गेम प्ले गर्दछ । एलपीडीडीआर ५ र्याम र युएफस ३.१ स्टोरेजको साथ उपलब्ध सेटअपले मल्टिटास्किङको लागि छिटो पढ्न र लेख्न सहज बनाउछ ।

७ न्यानोमिटर प्रोसेसरको साथै लिक्विड कूल टेक्नोलोजी १.० प्लसमा इम्बडिड छ जसले उपकरणलाई निरन्तर पीक पर्फमेन्स प्रदान गर्न मद्दत पु¥याउँछ । 
एमोलेड डिस्प्ले र प्रिमियम डिजाइन

पोको एफ३ को १२० हट्र्जको हाई रिफ्रेस रेटले ६.६७ इन्चको ठूलो एमोलेड डिस्प्लेमा खेलप्रेमीका लागि निकै सहज छ । यो बिस्टले केवल २.७६ मिलिमिटरको साथ उद्योगकै सबैभन्दा टाइनिएस्ट डटको प्रस्तुत गर्दछ । थप रुपमा ३६० हट्र्जको टच स्याम्प्लिङ रेट र फाइन–ट्युन टच एल्गोरिदमले फोनलाई औँला टिपको स्पर्शमा अत्यन्तै छिटो प्रतिक्रिया दिन मद्दत गर्दछ । ६० एफपीयस सम्म थप्दै एमईएमसी टेक्नोलोजीले भिडियो सामग्रीको सहजतालाई बढाउँछ । ट्रु डिस्प्ले, ट्रु कलर फिचरहरु सहित एचडीआर१०+ प्रमाणित डिस्प्लेले भाइब्रेन्ट, हाइली एक्युरेट कलरका  साथ एक आई–प्लिजिङ एक्सपेरियन्सको प्रदान गर्दछ ।

साउन्ड 
बोटम मेन स्पीकर र टपमा सेकेन्डरी स्पीकर अनि डुअल स्पीकर सेटअपका साथ आउने पोको एफ ३ ले रिच र विस्तृत ध्वनिको उत्पादन गर्दछ । पोको एफ ३ डोल्बी एटमसलाई सक्षम गर्ने, ध्वनीलाई भिडियो, संगीत र खेलहरुको लागि डल्बी एटमस ढाँचामा राम्रो प्रभावकारी अडियो अनुभवको लागि दुवै हेडफोन र बिल्ट–इन स्पीकरहरु मार्फत सञ्चालन गर्ने ब्रान्डकै पहिलो उपकरण हो ।

पोको एफ ३ को एआई ट्रिपल क्यामेरा सेटअप, माइरिएड अफ व्रmाफ्टी, नवीन क्यामेरा सुविधाहरुले फोटोग्राफी स्कील्सहरुलाई बढाउन मद्दत गर्दछ । रियर क्यामेरामा ४८ एमपीको मेन क्यामेरा छ जुन १.६ माइव्रmोमिटर ४–इन–१ लार्ज पिक्सेल, ११९ डिग्री अल्ट्रा–वाइड लेन्स र ५ एमपीको टेली म्याक्रो क्यामेराको साथ उपलब्ध छ जसले ३ सेन्टिमिटर–६ सेन्टिमिटरको अटोफोकसलाई समर्थन गर्दछ । 

पोको एफ ३ मा कुनै सामान्य ब्याट्रीबाट यसको पावर आउदैन । ४५२० एमएएच(टाइप) ब्याट्री लाइटनिङ स्पीडमा सञ्चालित गर्न सकिन्छ जसको लागि मिडल मिडल ट्याब(एमएमटी) टेक्नोलोजी जिम्मेवार छ जसले उपकरणमा इलेक्ट्रिक करेन्टलाई अधिक कुशलतापूर्वक मार्ग प्रदान गर्दछ । ३३ डब्लु इन बक्स फास्ट चार्जरको साथ उपकरणलाई केवल ५२ मिनेटमा १०० प्रतिशत चार्ज गर्न सकिन्छ ।

मूल्य
पोको एफ ३ तीन वटा कलर  ह्वाइट, नाइट ब्ल्याक र डीप ओसिन ब्लु रङमा अथोराइज्ड स्टोर, अनलाइन र रिटेल पार्टनरहरुमा मे ३० बाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यसको ६ जीबी+१२८ जीबीको भेरियन्टको नेपाली मूल्य ४६ हजार ९९९ पर्दछ भने ८ जीबी+२५६ जीबीको भेरियन्टको नेपाली  मूल्य ५१ हजार ९९९ पर्दछ । पोको नेपालले जुन ३० भन्दा अघि पोको एफ ३ खरीद गर्ने उपभोक्ताहरूलाई एक वर्षको ब्रेकेज इन्स्योरेन्स प्रदान गर्ने पनि जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप