सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सर्वोच्च अदालतले भन्यो– ‘प्रधानमन्त्री र प्रधान न्यायाधीशबीच भेट भएको छैन’

मङ्गलबार, ११ जेठ २०७८, १५ : ५४
मङ्गलबार, ११ जेठ २०७८

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराबीच भेट नभएको जनाएको छ । मंगलबार सर्वोच्च अदालतबाट एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न अनलाइन सञ्चारमाध्यममा सोमबार राती बालुवाटारमा प्रधानमन्त्री र प्रधान न्यायाधीश छलफल भएको भन्ने समाचार प्रकाशित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले प्रेस विज्ञप्ति जारी गर्दै सो विषयमा कुनै सत्यता नरहेको र न्यायपालिकाको स्वच्छता एवं यसप्रतिको आस्था र विश्वासमा प्रतिकूल प्रभाव पार्ने गरि अतिरञ्जित तथा दुराशायुक्त भावनाबाट समाचार प्रकाशन हुनु दुःखद र खेदजन्य विषय भएको उल्लेख छ । 

विज्ञप्तिमा भनिएको छ–‘ अदालतमा दर्ता हुन आएका कुनै विवादसँग जोडेर न्याय सम्पादनको कार्यलाई प्रतिकूल प्रभाव पार्ने कुत्सित मनसाय राखी सत्य तथ्य र यथार्थ अवस्था बुझ्दै नबुझी समाचार प्रकाशन गर्नु दुःखद अवस्था हो ।’
अदालतले त्यस्ता समाचारको भ्रममा नपर्न समेत अनुरोध गरेको छ । साथै न्यायपालिकाको मर्यादा र गरिमामा आँच आउने किसिमबाट प्रकाशित भएका तथ्यहीन, कपोलकल्पित र भ्रामक समाचार सच्याउन समेत ध्यानाकर्षण गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप