सर्वोच्च अदालतले भन्यो– ‘प्रधानमन्त्री र प्रधान न्यायाधीशबीच भेट भएको छैन’
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराबीच भेट नभएको जनाएको छ । मंगलबार सर्वोच्च अदालतबाट एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न अनलाइन सञ्चारमाध्यममा सोमबार राती बालुवाटारमा प्रधानमन्त्री र प्रधान न्यायाधीश छलफल भएको भन्ने समाचार प्रकाशित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले प्रेस विज्ञप्ति जारी गर्दै सो विषयमा कुनै सत्यता नरहेको र न्यायपालिकाको स्वच्छता एवं यसप्रतिको आस्था र विश्वासमा प्रतिकूल प्रभाव पार्ने गरि अतिरञ्जित तथा दुराशायुक्त भावनाबाट समाचार प्रकाशन हुनु दुःखद र खेदजन्य विषय भएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ–‘ अदालतमा दर्ता हुन आएका कुनै विवादसँग जोडेर न्याय सम्पादनको कार्यलाई प्रतिकूल प्रभाव पार्ने कुत्सित मनसाय राखी सत्य तथ्य र यथार्थ अवस्था बुझ्दै नबुझी समाचार प्रकाशन गर्नु दुःखद अवस्था हो ।’
अदालतले त्यस्ता समाचारको भ्रममा नपर्न समेत अनुरोध गरेको छ । साथै न्यायपालिकाको मर्यादा र गरिमामा आँच आउने किसिमबाट प्रकाशित भएका तथ्यहीन, कपोलकल्पित र भ्रामक समाचार सच्याउन समेत ध्यानाकर्षण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण