कोरोनाले लियो कम्तिमा १ लाख १५ हजार स्वास्थकर्मीको ज्यान– डब्ल्युएचओ

एजेन्सी । कोभिड-१९ का कारण विश्वभर झन्डै १ लाख १५ हजार स्वास्थकर्मी तथा केयर वकर्सले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का प्रमुख टेडरोस अद्हानोम ग्रिबियससले बताएका छन् । ‘धेरै संक्रमित भएका छन् । हाम्रो अनुमानमा कम्तिमा १ लाख १५ हजार स्वास्थ्यकर्मी र केयर वकर्सहरुले अन्यको सेवा गर्ने क्रममा आफ्नो ज्यानको मूल्य चुकाएका छन्’ विश्वभरका स्वास्थ्यकर्मीप्रति सम्मान व्यक्त गर्दै ग्रिबियससले भने ।
महामारी सुरु भएको १८ महिना बितिसक्दा पनि अवस्था जोखिमपूर्ण नै रहेको उनले चेतावनी दिए । अहिलेकै अवस्थालाई नियाल्दा, विगत वर्षभरि जुन संख्यामा मृत्यु भएको थियो, त्योभन्दा धेरै संख्यामा मानिसहरु आगामी दिन महिने अवधिमा मर्ने देखिएको उनले चेतावनी दिए ।
‘अहिलेसम्म खोपको प्रभावकारितालाई अति अवमूल्यन गर्ने कुनै पनि भेरिएन्टको उदय भएको छैन । तर, यस्तै अवस्था रहन्छ भन्ने कुनै ग्यारेन्टी छैन’ उनले भने, ‘हामी धेरै स्पष्ट हुन जरुरी छ । महामारी समाप्त भएको छैन । र, हरेक देशमा फैलावट नियन्त्रण नभएसम्म यो सकिने वाला छैन ।’
जोन हप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म विश्वभर ३४ लाखभन्दा धेरै मानिसले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै, १६ करोड ७० लाखभन्दा धेरै मानिस भाइरसको सम्पर्कमा आइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनले अमेरिकालाई दिने भए रुस र युक्रेनी दुर्लभ खनिज
-
बास्किन रोबिन्स अब वसन्तपुरमा
-
नेपालमा डलर खर्च गरेर धर्मनिरपेक्षता लादियो: धवलशमशेर राणा
-
ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् २१ र २२ गते
-
दक्षिण अफ्रिका र अस्ट्रेलियाबिचको खेल रद्द, यस्तो बन्यो समीकरण
-
असल कर्जाको प्रोभिजनिङ दर घट्यो, बैंकहरुको साढे ४ अर्ब नाफा बढ्ने