शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाले लियो कम्तिमा १ लाख १५ हजार स्वास्थकर्मीको ज्यान– डब्ल्युएचओ

मङ्गलबार, ११ जेठ २०७८, १५ : ३५
मङ्गलबार, ११ जेठ २०७८

एजेन्सी । कोभिड-१९ का कारण विश्वभर झन्डै १ लाख १५ हजार स्वास्थकर्मी तथा केयर वकर्सले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का प्रमुख टेडरोस अद्हानोम ग्रिबियससले बताएका छन् । ‘धेरै संक्रमित भएका छन् । हाम्रो अनुमानमा कम्तिमा १ लाख १५ हजार स्वास्थ्यकर्मी र केयर वकर्सहरुले अन्यको सेवा गर्ने क्रममा आफ्नो ज्यानको मूल्य चुकाएका छन्’ विश्वभरका स्वास्थ्यकर्मीप्रति सम्मान व्यक्त गर्दै ग्रिबियससले भने । 

महामारी सुरु भएको १८ महिना बितिसक्दा पनि अवस्था जोखिमपूर्ण नै रहेको उनले चेतावनी दिए । अहिलेकै अवस्थालाई नियाल्दा, विगत वर्षभरि जुन संख्यामा मृत्यु भएको थियो, त्योभन्दा धेरै संख्यामा मानिसहरु आगामी दिन महिने अवधिमा मर्ने देखिएको उनले चेतावनी दिए । 

‘अहिलेसम्म खोपको प्रभावकारितालाई अति अवमूल्यन गर्ने कुनै पनि भेरिएन्टको उदय भएको छैन । तर, यस्तै अवस्था रहन्छ भन्ने कुनै ग्यारेन्टी छैन’ उनले भने, ‘हामी धेरै स्पष्ट हुन जरुरी छ । महामारी समाप्त भएको छैन । र, हरेक देशमा फैलावट नियन्त्रण नभएसम्म यो सकिने वाला छैन ।’

जोन हप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म विश्वभर ३४ लाखभन्दा धेरै मानिसले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै, १६ करोड ७० लाखभन्दा धेरै मानिस भाइरसको सम्पर्कमा आइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप