शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बुबालाई सम्झँदै भावुक भए सञ्जय दत्त

मङ्गलबार, ११ जेठ २०७८, १५ : २३
मङ्गलबार, ११ जेठ २०७८

मुम्बई । बलिउड अभिनेता सञ्जय दत्तका बुबा स्वर्गीय सुनील दत्तले एक से एक राम्रा फिल्ममा काम गरेका थिए । उनको अभिनयको मानिस दिवाना थिए । सुनीलको भौतिक शरीर यो संसारमा नरहे पनि उनका प्रशंसक आज पनि उनको सम्झना गर्ने गर्दछन् । सुनील दत्तले २००५ मे २५ मा यो संसारबाट सदा सदाका लागि बिदा लिएका थिए ।

बुबाको पुण्य तिथि पारेर सञ्जयले बुबासँग भएको एक तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै भावुक पोष्ट गरेका छन् । उनले लेखेका छन्– ‘आमाबुबा, एक आदर्श, एक साथी, एक गुरु तपाई मेरो सबथोक हुनुहुन्थ्यो । लभ यु बुबा, मिस यु ।’ सञ्जयले शेयर गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सञ्जय अहिले जुन उचाईंमा छन् । त्यो हुनुमा उनको आमा बुबाको योगदान महत्वपूर्ण रहेको छ । सञ्जय दुबैको नजिक थिए । आमा नरगिस गुमाइसकेका सञ्जय बुबा सुनीलको निधनले निकै दुःखी छन् ।  सुनीलको निधन हृदयघातका कारण भएको हो । निधनको १२ दिनपछि उनको ७६ औं जन्मदिन थियो । सुनील पछिल्लो समय ‘मुन्नभाई एमबीबीएस’ मा देखिएका थिए । सञ्जयले केही अगाडि पनि आमा नरगिसको सम्झनामा एक भावुक पोष्ट शेयर गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप