शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हात्तीको आक्रमणबाट आमा छोरीको ज्यान गयो

मङ्गलबार, ११ जेठ २०७८, १४ : ५१
मङ्गलबार, ११ जेठ २०७८

बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट आमा छोरीको ज्यान गएको छ । बर्दियामा राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिका–१ ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै र तीन वर्षकी छोरी दीपिकाको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर उपचारका क्रममा ज्यान गएको निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जानकारी दिए ।

गर्मीले गर्दा घरबाहिर आँगनमा सुतिरहेका बेला चन्द्रा र उनकी छोरी दीपिकालाई सोमबार राति १० बजेतिर जङ्गली हात्तीले आक्रमण गरेको निकुञ्जले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप