बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

जापान नजान भन्दै अमेरिकाले जारी गर्‍यो एडभाइजरी

ओलम्पिक खेल नगर्न चिकित्सकहरुको माग
मङ्गलबार, ११ जेठ २०७८, १४ : ५०
मङ्गलबार, ११ जेठ २०७८

गत वर्ष स्थगित भएको ओलम्पिक खेल आयोजनाको मिति नजिकिँदै छ । टोकियो ओलम्पिकको उद्घाटन २३ जुलाईमा हुने तय छ ।

तर प्रतियोगिताको पूर्वसन्ध्यामा अमेरिकाले आफ्ना नागरिकलाई जापान भ्रमणमा नजान चेतावनी दिँदै एडभाइजरी जारी गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयबाट ‘लेभल फोर’ एडभाइजरी जारी भएका देशमा जापान एक्लो भने होइन । यसअघि श्रीलंका, भारत, मेक्सिको, ब्राजिल र टर्कीमा पनि घुम्न नजाने सुझाव दिदैं अमेरिकाले यस्तै एडभाइजरी जारी गरेको थियो ।

त्यसो त, महामारी अवधिभर नै अमेरिकीहरुको लागि जापान बन्दजस्तै छ । केही सिमित अवस्थामा मात्रै अमेरिकीहरु जापान छिर्न पाउँछन् ।

गत मार्चमा लकडाउन खुलेयता कोभिड १९ संक्रमणका घटनाहरु जापानमा निरन्तर बढ्दो छ । एशियाका अन्य देशको दाँजोमा जापानमा खोप लगाउने काम पनि निकै कम भइरहेको छ । सिरिन्ज र स्वास्थकर्मीहरुको कमीका कारण यस्तो अवस्था निम्तिएको हो । केवल २ प्रतिशत जापानीले मात्रै कम्तिमा खोपको एक डोज लिन पाएका छन् ।

खोप कार्यक्रमलाई तिव्र बनाउनका लागि सरकारले ओसाका र टोकियोमा खोप केन्द्र स्थापना गर्ने योजना बनाएको छ । जापानमा गत मेइ २१ मा मोर्डना र एस्ट्रेजेनेकाको खोपले स्वीकृति पाएको थियो ।

जापानमाथि फेरि एकपटक ओलम्पिक खेल स्थगित गर्नुपर्ने दबाब बढ्दो छ । टोकियो स्थित झन्डै ६ हजार चिकित्सकहरुको संख्या द टोकियो मेडिकल प्राक्टिस्नर्स एशोसियसनले भर्खरै मात्र ओलम्पिक स्थगित गर्नुपर्ने मागसहित सरकारलाई ज्ञापनपत्र बुझाएको थियो । यस ज्ञापनपत्रमा ३ लाख ५० हजार जनाभन्दा धेरैको हस्ताक्षर थियो । जापानको चर्चित ई–कमर्श कम्पनी राकुटेनका सिईओले महामारीको समय ओलम्पिक आयोजना गर्नु आत्मघाती मिशन हुनसक्ने चेतावनी दिएका छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप