सिरिजङ्घामा कोभिड बिरामीलाई निःशुल्क एम्बुलेन्स
सिरिजङ्घा गाउँपालिकाले कोभिडका बिरामीलाई अन्यत्र उपचारका लागि लैजानु परे निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । गाउँपालिकाको केन्द्र तेल्लोकमा रहेको अस्थायी कोभिड अस्पतालमा बिरामीको उपचार हुन नसकि अन्य कोभिड अस्पतालमा लैजानु परेमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको हो । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका सम्बन्धमा सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले निःशुल्क एम्बुलेन्स सेवा प्रदानसहित मातहतका १० वटै स्वास्थ्य संस्थामा ‘फिवर क्लिनिक’ सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।
“दिनानुदिन बढिरहेको सङ्क्रमणलाई रोकथाम र नियन्त्रणका लागि हामीले आफ्नो श्रोत र साधनले भ्याएसम्म काम गर्न खोजि रहेका छौँ, सर्वसाधारण नागरिकको स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै सबै स्वास्थ्य संस्थामा केही उपकरण थपगरी सेवा बढाउने, यसमा खटिने स्वास्थ्य कर्मचारीलाई प्रोत्साहन दिने, कोभिडका बिरामीलाई निःशुल्क एम्बुलेन्स र पोषणयुक्त खानाको सुविधा दिने पनि निर्णय भएको छ”, गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले भने । उनका अनुसार माताहतका १० वटा स्वास्थ्य संस्थाका लागि उच्च रक्तचापको मापन, अक्सिजनको मात्रा र पल्सको दर हेर्न उपयोगी भाइटल मोनिटर तत्काल खरिद गरिने भएको छ ।
यस्तै प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा रहेको पाँच शय्याको अस्थायी कोभिड अस्पतालमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, कार्यालय सहयोगी र एम्बुलेन्स चालकलाई मासिक तलब शुरु स्केलको ५० प्रतिशत थप गरी प्रोत्साहन स्वरूप उपलब्ध गराउने समेत गाउँपालिकाले निर्णय गरेको छ । सङ्क्रमणका विरुद्ध आवश्यकताअनुसार स्वास्थ्यकर्मीको टोलीलाई टोलटोलमा खटाउने, सङ्क्रमण रोकथामका लागि खटिएका गाउँपालिका क्षेत्रभित्रका स्वास्थ्य संस्थाका इन्चार्ज र टोल विकास संस्थाका अध्यक्षलाई मासिक रूपमा सञ्चार खर्च उपलब्धसमेत गराउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।
अस्थायी कोभिड अस्पतालमा रहेका बिरामीलाई खाजा खानाको व्यवस्थापन गाउँपालिकाले मिलाउने छ भने होम आईसोलेशनमा रहेका सङ्क्रमित बिरामीलाई पोषणयुक्त खानाका लागि दुई हजारका दरले प्रदान गरिने भएको छ । यता होम आईसोलेशनमा नै रहेका बिरामीलाई चिकित्सकको सिफारिसमा स्वास्थ्यकर्मीमार्फत औषधिको प्याकेज उपलब्ध गराउने बताइएको छ । सङ्क्रमणकै कारण निधन भए दाहसंस्कारका लागि रु २० हजारसमेत उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन