गिरिजा र केपी ओली उस्तै : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केपी शर्मा ओलीलाई काँग्रेस नेता स्व.गिरिजाप्रसाद कोइरालासँग तुलना गरेका छन् । विगतमा गिरिजाप्रसाद कोइरालाको खोजी भएजस्तो भविष्यमा केपी ओलीको खोजी गर्नुपर्ने अवस्था आउने मुख्यमन्त्री पोखरेलको तर्क छ ।
केपी ओलीविरुद्ध पार्टीभित्र र बाहिरबाट घेराबन्दी र विरोध भइरहे पनि भोलि केपी ओलीको खोजी हुने पोखरेलको तर्क छ । साथै अहिले प्रधानमन्त्री ओलीप्रति सहानुभूति बढ्न थालेको पनि पोखरेलले बताएका छन् ।
राष्ट्रिय राजनीति तरल भएपछि केही दिनयता काठमाडौंमा रहेका मुख्यमन्त्री पोखरेलले ओलीलाई गिरिजासँग तुलना गर्दै सामाजिक सञ्जालमा यस्तो स्टाटस लेखेका छन् –
अहिले केपी शर्मा ओलीका विरुद्धमा जस्तै अढाई दशक पहिले नेपाली राजनीति गिरिजाप्रसाद कोइरालाका विरुद्धमा केन्द्रीत थियो । त्यतिबेला उहाँको तिव्र विरोधसँगै नेपाली राजनीतिक परिस्थिति झनै जटिल बन्दै गयो । मुलुक बहुआयामिक द्वन्द्वको शिकार बन्न पुग्यो । पछि नेपाली राजनीतिलाई ट्रयाकमा ल्याउन सबैले उहाँको खोजी गर्नुपर्यो । अहिले नेपाली राजनीति पुनः त्यही बाटो हिँड्न लागिरहेको भान भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा पार्टीभित्र र बाहिरका शक्तिहरु जसरी एक ठाउँ उभिएका छन् । त्यसले विकल्प र समाधान दिने अपेक्षा र विश्वास आम मानिसको छैन । बरु प्रमुख नेताहरुको बढ्दो घेराबन्दीले उहाँप्रति नै सर्वसाधारणको सहानुभूति बढ्दो छ ।
आम मानिसहरुले अहिलेको विवादलाई कुर्सीको लुछाचुँडीका रुपमा मात्र बुझिरहेका छन् । अनि यसवाट अत्तालिएका प्रतिपक्षीहरु विरोधका नाममा प्रणालीलाई नै कमजोर बनाउन उद्दत देखिएका छन् ।
दलीय अनुशासन र संसदीय प्रणालीका विरुद्धको कदमले अन्ततः व्यवस्थालाई नै कमजोर बनाउने निश्चित छ । त्यस्तो अवस्थामा विगतमा गिरिजाको खोजी भएजस्तै भविष्यमा उत्पन्न हुने संकटको समाधानका लागि केपी शर्मा ओलीको खोजी गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । तसर्थ, समयमै आफ्नै इतिहासबाट शिक्षा लेउ र सही बाटोमा अघि बढौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा