अघिल्लो साता सुस्ताएको ऋण लगानी फेरि बढ्न थाल्यो
मङ्गलबार, ११ जेठ २०७८, १३ : १८

अघिल्लो साता सुस्ताएको ऋण लगानी यो साता बढेको छ । यो साता बाणिज्य बैंकहरुले ५ अर्ब ऋण लगानी गरेका छन् । जेठ सात गतेसम्म आइपुग्दा कुल ऋण लगानी ३६ खर्ब १६ अर्ब पुगेको छ । गत सातासम्म यस्तो ऋण प्रवाह ३६ खर्ब ११ अर्ब रुपैयाँ थियो ।
निषेधाज्ञा शुरु भएको एक सातामा बैंकहरुले १५ अर्ब ऋण प्रवाह गरेका थिए भने त्यसपछि ऋण लगानी सुस्तायो । बैशाख २४ सम्म आइपुग्दा २ अर्ब रुपैयाँमात्र ऋण प्रवाह भयो । तर अहिले फेरि बढेको छ । यो साता निक्षेप संकलन ६ अर्ब भएकोमा बैंकहरुले ५ अर्ब ऋण लगानी गरे । हालसम्म बाणिज्य बैंकहरुको निक्षेप संकलन ३९ खर्ब ६१ अर्ब पुगेको बैंकर्स संघले जनाएको छ । निषेधाज्ञा भएको साता १० अर्ब निक्षेप संकलन भएको थियो । त्यसपछिको साता पनि २२ अर्बले निक्षेप बढेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकारले आफ्नो गल्ती ढाकाछोप गर्न सांसदमाथि आरोप लगाएको छ’
-
ब्याट्सम्यानलाई साथ दिने पिचमा कोलकाता र पञ्जाबलाई सर्वाधिक रन बनाउने कप्तानको भर
-
रोजगारीका सवालमा राज्यले महिलालाई पहिलो प्राथमिकता दिनुपर्छ : हसिना खान
-
बीमामा रुपा गाउँपालिकाको ५० प्रतिशत अनुदान
-
तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको ५ रुपैयाँ दरका नयाँ नोट आजबाट चलनचल्तीमा
-
ढोरपाटन–गुर्जा पदमार्गमा काठे पुल निर्माण