शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मजदुर हत्या आरोपमा कीर्तिपुरबाट ५ जना पक्राउ

मङ्गलबार, ११ जेठ २०७८, १२ : ४१
मङ्गलबार, ११ जेठ २०७८

काठमाडौंको कीर्तिपुरस्थित एक गलैँचा फ्याक्ट्रीमा मजदुरको हत्या भएको छ । जेठ ८ मा राति पाँच जना मिलेर मकवानपुरको बकैया–१ घर भएका मान बहादुर घिसिङको हत्या गरेका हुन् ।

हत्या आरोपमा पाँच जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी रुकेश तन्डुकारले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा भगत बहादुर बल, क्षेत्र बहादुर बल, जगत बहादुर बल, बिरु गोले र विशाल मोक्तान छन् ।

मृतक र आरोपी सबैजना दिनेश बलले संचालन गरेको गलैँचा फ्याक्ट्रीमा मजदुर हुन् । आरोपीहरु बिरुद्ध ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी तण्डुकारले बताए ।

शनिवार राति मदिरा सेवन गरेर झगडा हुँदा पाँच जना मिलेर मान बहादुरको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतकको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । पीडितका आफन्तले पोष्टमार्टम गर्न र शव बुझ्न अस्विकार गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप