पेप गार्डीओलालाई उत्कृष्ट प्रशिक्षकको अवार्ड
एजेन्सी । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डीओला वर्षको उत्कृष्ट प्रशिक्षण घोषित भएका छन् । इङल्यान्डको लिग म्यानेजर्स एशोसियसनले उनलाई वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड दिएको हो । गार्डीओलाले चार वर्षमा सिटीलाई तीनपटक प्रिमियर लिगको उपाधि जिताइसकेका छन् । यसै सिजन सिटीले काराबाओ कपको उपाधि पनि जित्यो । त्यस्तै च्याम्पियन्स लिगको फाइनलमा शनिबार चेल्सीको सामना गर्दैछ ।
उत्कृष्ट प्रशिक्षकको दौडमा लिड्सका मार्सेलो बिल्सा, नर्विच सिटीका डेनियल फार्के, चेल्सीकी महिला प्रशिक्षक इम्मा हायस, वेस्ट ह्यामका डेभिड मोयस र लेइस्टका ब्रेन्डन रोजर्स थिए । ‘दोस्रोपटक एलएमए म्यानचेजर अफ द इयर जित्न पाउँदा म खुसी छु’ २०१७–१८ मा पनि यो उपाधि जितेका गार्डीओलाले भने । कोरोनाले अति चुनौतीपूर्ण बनेको सिजनमा पनि आफ्ना खेलाडीहरु तथा टोलीका अन्य कर्मचारीले पूर्ण प्रतिवद्धताका साथ काम गरेको उनले बताए । ‘यो अवार्ड उनीहरुप्रति समर्पित गर्न र उनीहरुसँग बाँड्न चाहन्छु,’ उनले भने ।
लिग म्यानेजर्स एशोसियसनको अवार्डको मनोनयमा अन्तिम ६ भित्र पर्ने हायस पहिलो महिला प्रशिक्षक बनिन् । चेल्सीलाई यसै वर्ष लिग उपाधि जिताएकी हायसले च्याम्पियन्स लिगको फाइनलमा पनि पुर्याएकी थिइन् । उनले एफए वुमन्स सुपर लिग म्यानेजर अफ द इयरको अवार्ड जितिसकेकी छिन् ।
स्टेफेन जेरार्डलाई स वर्ष एलएमए स्पेशल अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ । उनको प्रशिक्षणमा रहेको रेन्जर्सले यस सिजन अपराजित रहेर स्कटिस प्रिमियरसिप टुंग्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा