लघुकथाः शिक्षक
अज्ञानरूपी अन्धकार हटाएर ज्ञानको ज्योति छर्ने व्यक्ति शिक्षक । जीवन गति प्रदान गर्ने, अप्ठ्यरा हर्ने व्यक्ति अरू कोही नभएर शिक्षक नै हुन् नि, होइन त सर ? ओमितको प्रश्नले झस्कायो ।
शिक्षकबारे उसको यस किसिमको धारणा पाएर म दङ्ग परे ।
शिक्षकलाई नै भ¥याङ बनाएर देशको नेतृत्व तहमा पुगेकाहरूले तिनबारे कहिल्यै सोचेको पाइँदैन । राज्य उदासीन छ देशमा शिक्षकप्रति । तिम्रो विचार उचित छ ओमित ।
मैले भावी लक्ष्यकै बारेमा प्रश्न गरे विद्यार्थीहरूलाई ।
धेरैको रोजाइमा देखियो डाक्टर, इन्जिनियर, बैङ्कर, व्यापारी, सेना, सीए । दुःखद कुरा ४० जना विद्यार्थीमा किसान हुने लक्ष्य कसैको देखिएन ।
सुरुमै शिक्षकबारे बोलेको ओमितले आफ्नो लक्ष्य शिक्षक नै भएको बतायो । ‘‘किन नि तिमी चाहिँ शिक्षक नै बन्न चाहन्छौ ?” मेरो प्रश्नमा उसको जवाफ हुन्छ, ‘‘सबै पेसाको आआफ्नै गरिमा भए पनि शिक्षक जस्तो निःस्वार्थ र महान् पेसा अरू छैन नि सर । डाक्टरहरू मानिस बिरामी होस् भन्ने सोच्छन् । वकिल झगडा होस् भन्ने सोच्छन् । इन्जिनियरको सोचाइ पनि निर्माण दिगो नहोस् भन्ने हुन्छ । व्यापारी नाफा कमाउनेमै तल्लीन ।
पुलिस विकृति बढोस् नै सोच्छन् । मात्र आफ्ना सबै विद्यार्थी असल, ज्ञानी र नामी बनून् भन्ने सोच त शिक्षकले मात्र राख्छन् । साथै अन्य सबै पेसाकर्मीको निर्माणकर्ता पनि त शिक्षक नै हुन् । म यस्तो पेसालाई लक्ष्य नबनाई के रोजूँ त सर ?” उसले प्रतिप्रश्न ग¥यो म निःशब्द भएँ ।
गोपाल खनाल
तारकेश्वर गापा–१, दाङसिङ, नुवाकोट
हाल पोखरा–११
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेलाई समर्थन नगर्न माओवादीको निर्देशन
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
प्रधानमन्त्रीसँग ८७ जना चीन भ्रमणमा जाने
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत
-
महेन्द्र राजमार्गको कमला–कञ्चनपुर चिनियाँ कम्पनीले अवैध उत्खनन गरेको भन्दै सर्वोच्चमा रिट