शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पूर्व सभामुखसँग परामर्श गर्दै सभामुख अग्नि सापकोटा

मङ्गलबार, ११ जेठ २०७८, ०९ : १९
मङ्गलबार, ११ जेठ २०७८

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखसँग परामर्श गर्दैछन् । संघीय संसद सचिवालयमा दिउँसो १ बजेका लागि छलफल डाकिएको नेपाली कांग्रेसका नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलले जानकारी दिए । 

यही जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक गरेको प्रतिनिधि सभा विघटन लगायत समसामयिक बिषयमा बैठकमा छलफल हुने सभामुख सापकोटाको सचिवालयले जनाएको छ । 
 
२०४८ साल यता दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा पूर्व सभामुख रहेका छन् । छलफलमा सभामुख सापकोटाले उनीहरुबाट सल्लाह सुझाव लिने बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप