बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सीसीएमसीको सिइओमा सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त

मङ्गलबार, ११ जेठ २०७८, ०८ : ५४
मङ्गलबार, ११ जेठ २०७८

सरकारले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रमुख कार्यकारी निर्देशकमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ ।

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सीसीएमसीको सीईओ नियुक्त गरेको हो ।

सरकारले यसै साता जारी गरेको स्वास्थ्य आपतकालसम्बन्धी अध्यादेशले सीसीएमसीको संरचनामा परिवर्तन गरेर सीसीओ नियुक्तिको प्रावधान थपेको थियो । अध्यादेशको सोही प्रावधान अन्तरगत शर्मालाई सीईओ बनाइएको हो ।

यसअघि सीसीएमसीको संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हालेका थिए । अब पूर्व सैनिकको कमाण्डमा यसको सञ्चालन हुनेछ । ईश्वर पोखरेल निर्देशन समितिको सदस्यका रुपमा रहनेछन् । ८ जना मन्त्री र मुख्यसचिव रहने निर्देशक समितिको नेतृत्व प्रधानमन्त्रीले सम्हाल्नेछ ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप