सीसीएमसीको सिइओमा सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त
मङ्गलबार, ११ जेठ २०७८, ०८ : ५४
सरकारले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रमुख कार्यकारी निर्देशकमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ ।
सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सीसीएमसीको सीईओ नियुक्त गरेको हो ।
सरकारले यसै साता जारी गरेको स्वास्थ्य आपतकालसम्बन्धी अध्यादेशले सीसीएमसीको संरचनामा परिवर्तन गरेर सीसीओ नियुक्तिको प्रावधान थपेको थियो । अध्यादेशको सोही प्रावधान अन्तरगत शर्मालाई सीईओ बनाइएको हो ।
यसअघि सीसीएमसीको संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हालेका थिए । अब पूर्व सैनिकको कमाण्डमा यसको सञ्चालन हुनेछ । ईश्वर पोखरेल निर्देशन समितिको सदस्यका रुपमा रहनेछन् । ८ जना मन्त्री र मुख्यसचिव रहने निर्देशक समितिको नेतृत्व प्रधानमन्त्रीले सम्हाल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण