इजरायली प्रधानमन्त्री नेतन्याहुको निशानामा ईरान

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ईरान विरुद्ध निशाना साँधेका छन् । इजरायलको गुप्तचर एजेन्सी मोसादको नवनियुक्त प्रमुखको घोषणा गर्दै इजरायली प्रधानमन्त्री नेतन्याहुले ईरानविरुद्ध आक्रोश पोखेका हुन् ।
मोसादको नेतृत्वमा ५६ वर्षीय डेभिड बर्निया आएका छन् । त्यसअघि सो संगठनको नेतृत्वमा योसी कोहेृन रहेका थिए । प्रधानमन्त्री नेतन्याहुले नवनियुक्त प्रमुख बर्नियाको काम ईरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु भएको बताए ।
उनले सोमबार ट्वीटरमार्फत भनेका छन्- ‘इजरायलले ईरानलाई आणविक हतियार प्राप्त गर्न रोक्नेछ । सम्झौता होस् वा नहोस् हामी इरानलाई आणविक हतियारहरू लिनबाट रोक्नेछौ, किनकि यो हाम्रो अस्तित्वको प्रश्न हो । यो हाम्रो पहिलो मिसन हो ।’ नेतन्याहुले अमेरिकाको भने खुलेर प्रशंसा गरे र धन्यवाद समेत दिए । बीबीसीका अनुसार प्रधानमन्त्री नेतन्याहुले अमेरिकालाई आफ्नो विशेष मित्रको रुपमा प्रशंसा गर्दै उ इजरायलको राष्ट्रिय सुरक्षाको एउटा हिस्सा भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा