पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी सेवा बन्द
पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी सेवा बन्द हुने भएको छ । कोरोना संक्रमितको उपचारका लागि गण्डकी प्रदेशको एकमात्र ‘कोरोना डेडिकेटेड अस्पताल’ का रुपमा रहेको प्रतिष्ठानमा संक्रमण तीव्र बृद्धि भएपछि संक्रमितको मात्र उपचार गर्नका लागि अन्य रोगको ओपिडी सेवा बन्द गरिएको हो ।
प्रतिष्ठानमा अब कोरोना संक्रमितको मात्रै उपचार गर्ने भएकाले अन्य रोगको ओपिडी सेवा बन्द गरेको अस्पताल प्रशासनले जनाएको छ । संक्रमितको उपचारका लागि आवश्यक प्रक्रिया मिलाउन अस्पतालले मंगलबारदेखि नियमित सञ्चालन गर्दै आएको ओपिडी सेवा बन्द गर्न लागेको हो ।
दुई साताभित्र कोरोनाका थप संक्रमित राख्नेगरी तयारी अगाडि बढाइएको अस्पतालका सूचना अधिकारी नारायण आचार्यले बताए । हाल अस्पतालमा कोरोना संक्रमणका ५० जनासम्म बिरामी भर्ना गरिँदै आएको थियो । अब भने अस्पतालले ओपिडी सहितका सेवा बन्द गरेर ३८० वटै बेडमा कोरोना संक्रमितको उपचार गर्ने तयारी गरेको हो ।
कोभिड संक्रमण भएर अस्पताल पुग्ने सबैजसो संक्रमितलाई अक्सिजन आवश्यक पर्ने भएकाले त्यसको आवश्यक तयारीका लागि धेरै समय लाग्ने अस्पतालले जनाएको छ । नेपाल सरकार सचिवस्तरको बैठकले क्षेत्रीय अस्पताललाई कोरोना संक्रमितको लागि मात्रै उपचार गर्ने अस्पताल बनाउने निर्णय गरेको थियो ।
गत वैशाख ५ मा बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानलाई कोरोना संक्रमितको मात्रै उपचार गर्ने अस्पताल बनाउन केन्द्र सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । बढ्दो कोरोना संक्रमण र प्रदेश सरकारको सिफारिसलाई मध्यनजर गर्दै सचिवस्तरीय निर्णय गरिएको पत्र अस्पताललाई पठाएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.भरत खत्रीले सूचना जारी गर्दै ओपिडी सेवा बन्द गरिएको जनाएका छन् । गम्भीर बिरामीको उपचारका लागि अस्पतालको इमर्जेन्सी सेवा भने यथावत रहने जारी सूचनामा उल्लेख गरिएको छ । मृगौलाका बिरामीका लागि डायलासिस सेवा पनि निरन्तर रहने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
-
एकीकृत समाजवादीले आज नेताहरूको जिम्मेवारी तोक्ने
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
रोशीका बाढीपहिरो प्रभावितलाई बल्ल अस्थायी आवास निर्माण
-
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
-
म्याग्दीमा सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो