शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चीनको अडानको तेहरानद्वारा प्रशंसा

सोमबार, १० जेठ २०७८, २१ : ११
सोमबार, १० जेठ २०७८

चिनियाँ राष्ट्रपति सी चिनफिङ र इरानी राष्ट्रपति हसन रौहानीबीच टेलिफोन वार्ता भएको छ । इरानको आणविक चौतर्फी सम्झौता र प्यालेस्टाइन तथा इराक आदि समस्यामा चीनले लिएको निष्पक्ष अडानप्रति इरानले चीनप्रति आभार प्रकट गरेको छ ।

दुई नेताबीच पारस्परिक समसामयिक, राजनीतिक, आर्थिक तथा साँस्कृतिक बिषयमा कुरा भएको राष्ट्रपति सीले बताएका छन् । उनले चीन र इरानले हातमा हात मिलाएर नयाँ कोरोना भाइरस महामारीको संयुक्त रोकथाम तथा नियन्त्रण गर्नुका साथै आपसी प्रभावकारी सहयोगलाई प्रवर्द्धन गरेका छन् । यस वर्ष चीन र इरान बीचको सम्बन्ध स्थापनाको पचासौं वार्षिकोत्सव हो । चीनले इरानसँगको सम्बन्धलाई निकै जोड दिँदै इरानसँगको चौतर्फी रणनीतिक सहकार्यलाई निरन्तर प्रवद्र्धन गर्दै जाने विश्वास गरेको छ ।

इरानी राष्ट्रपति रौहानीका अनुसार इरानले एक चीनको नीतिलाई दृढ कायम राख्दै चीनसँग रणनीतिक सहयोग, अर्थ तथा व्यापार, ऊर्जा स्रोत आदि क्षेत्रको सहयोगलाई मजबुत बनाउँदै जाने आशा गरेको छ । इरानको आणविक चौतर्फी सम्झौता र प्यालेस्टाइन तथा इराक आदि समस्यामा चीनले लिएको निष्पक्ष अडानप्रति इरानले चीनप्रति आभार प्रकट गरेको छ भने बेइजिङसँगको सहकार्यमा एक पक्षीयतावाद र प्रभूत्ववादविरूद्ध उभिनेको विरोध गर्दै जाने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप