एनआरएनएद्वारा भारतमा रहेका कोभिड पीडित नेपालीलाई आर्थिक सहयोग

कोरोना भाइरसबाट प्रभावित भारतमा रहेको नेपालीको सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आर्थिक सहयोग गरेको छ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार भारतमा रहेका कोभिड पीडित नेपालीहरुको लागि संघको ५ हजार डलर आर्थिक सहयोग उपलब्ध गराएको हो ।
एनआरएनए संघले भारतमा रहेको फोकल टिम मार्फत त्यहाँ रहेका नेपालीहरुलाई सहयोगको थालनी गरेको हो । भारतमा रहेका नेपाली श्रमिकहरुको लागि अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा.बद्री केसी, कोषाध्यक्ष महेश श्रेष्ठ, युरोप संयोजक नारायण आचार्य, एआरएनए फोकल टिमकी संयोजक अलिनी सुवेदी सल्लाहकार पुरु श्रेष्ठ, डा.सन्जिव सापकोटा, डा.उत्तम गौली, डा.बोदराज सुवेदी, रजनी प्रधान, सुन्दरी लामा, भुमा लिम्बु, डा. सागर पौडेल, डा. युवराज पोखरेल, डा.अरुण पौडेल, डा.सुधीर खनाल, डा.अबिरल निधि, लगायतको टिमको पहलमा भारतमा रहेका नेपालीहरुको लागि आर्थिक तथा स्वास्थ्य परामर्शको सुरुवात गरिएको थियो ।
संघले नयाँ दिल्लीको गडी एरियामा कोभिडका कारणले तीन महिनादेखि बेरोजगार भएर भोकै अवस्थामा पुगेका टेकराज पोखेल, थानेश्वर पाण्डे, जविलाल अधिकारी, शिव कुमार बुढाथोकीको परिवारलाई खाद्य सामग्री वितरण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समितिमा विचाराधीन विधेयकहरू छिटो टुंग्याउन अर्थमन्त्री पौडेलको आग्रह
-
प्रयोगमा ल्याएर फेल भएको ‘अतिरिक्त सचिव’ राख्ने सहमति
-
नक्कली नोटसहित एक जना पक्राउ
-
घोराहीमा कर वृद्धि गरेपछि अभियानकर्मी आन्दोलित
-
श्रम मन्त्रालयले भन्यो– मलेसिया रोजगारीमा सिण्डिकेट लागू भएको छैन
-
ग्रामथान गाउँपालिकाका जनप्रतिनिधिको गाडी सुविधा कटौती