बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

कोभिड डेडिकेटेड अस्पतालहरूका लागि स्वास्थ्यकर्मी माग

सोमबार, १० जेठ २०७८, १९ : २८
सोमबार, १० जेठ २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित बिरामी उपचारका लागि कोभिड डेडिकेटेड अस्पतालहरुलाई स्वास्थ्यकर्मी माग गरेको छ । स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै इच्छुक डाक्टर, नर्सलाई निवेदन दिन आग्रह गरेको हो । 

स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाले एमडी इन्टरनल मेडिसिन, क्रिटिकल केयर स्पेसलिष्ट, एनेसथेसियोलोजिष्ट, मेडिकल अफिसर र स्टाफ नर्सलाई स्वास्थ्यकर्मीको पुलमा समावेश अनुरोध गरेको छ । आइसिएस कमाण्ड सिस्टमको बैठकले डेडिकेटेड अस्पतालले निश्चित समयका लागि स्वास्थ्यकर्मी माग गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप