अभिनेत्री एन्जेलिना जोलीले गरिन् खतरनाक फोटो सुट
![अभिनेत्री एन्जेलिना जोलीले गरिन् खतरनाक फोटो सुट](https://rpcdn.ratopati.com/media/albums/1621762054_angelina_FnHIBh5SGd.jpg)
एजेन्सी । हलिउडकी अभिनेत्री एन्जेलिना जोलीले सबैभन्दा अजीव तथा च्यालेन्जिङ फोटो सुट गराएकी छन् । तस्बिरको अहिले सबैतिर चर्चा भइरहेको छ । चर्चाको कारण तस्बिर सुटमा मौरीको प्रयोग पनि हो । जोलीले मौरी पालनलाई जोड दिन एक खतरनाक तस्बिर सुट गराएकी हुन् । जुन भाइरल भैरहेको छ । तस्बिरमा जोलीको शरीर भरि मौरी बसेको देख्न सकिन्छ । उनले पुरै १८ मिनेट आफ्नो शरीर भरि मौरी राखेर तस्बिर सुट गरेकी हुन् । यो क्रममा उनलाई केही हानी नोक्सानी भने भएको छैन ।
जोलीले यो तस्बिर सुट नेशनल ज्योग्राफिक म्यागजिनका लागि गरेकी हुन् । फोटो सुट वर्ल्ड बी डेमा मौरी पालनको लागि प्रोत्साहन गर्नका गरिएको हो । फोटोग्राफर तथा मौरी पालक ड्यान विन्टर्सका अनुसार मौरीलाई शान्त राख्न, शरीरमा झुन्ड बनाउन र जोलीलाई नोक्सान नपुर्याउन विशेष योजना बनाइएको थियो । तस्बिर सुट निकै सावधानीसँग गरिएको थियो । शनल जियोग्राफिकले पनि उनको तस्बिर सुटको एक भिडियो समेत बनाएर इस्टाग्राममा शेयर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेर जाने केराको थम्बाबाट उपयोगी सामग्री उत्पादन
-
खरखरेभिरको पहिरो रोकथाममा ढिलाइ
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, यी पाँच प्रदेशमा हिमपातको सम्भावना
-
अर्थतन्त्र सुधारका लागि सरकार कटिवद्ध : अर्थमन्त्री पौडेल
-
सूर्यनारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
बराबरीमा टुंगियो मड्रिड डर्बी, एम्बाप्पेले जोगाए रियालको इज्जत