आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सेयरधनीहरुलाई ८.४२% लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै एभरेष्ट इन्स्योरेन्सको साधारण सभा सम्पन्न

सोमबार, १० जेठ २०७८, १९ : १७
सोमबार, १० जेठ २०७८

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कम्पनीको २६ औं वार्षिक साधारण सभाले सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतको दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.४२ प्रतिशतको रकम बराबरको नगद लाभांश पारित गर्नुका साथै अन्य सामान्य तथा विषेश प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ । 

सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धबारे जानकारी गराएका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप