शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबि बैंकको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड अब अनलाइनबाटै प्राप्त गर्न सकिने

सोमबार, १० जेठ २०७८, १९ : १०
सोमबार, १० जेठ २०७८

काठमाडौं । एनएमबि बैंकले वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरुलाई घरमै बसेर पनि अनलाइनबाटै डलर कार्ड लिने ब्यवस्था मिलाएको छ । अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड सम्बन्धि नेपाल राष्ट्र बैंकले ल्याएको प्रति पत्र कार्यान्वयन गरि कार्ड जारी गर्न शुरु गरी सकेको तर अहिलेको अवस्थामा अनलाइनबाटै कार्ड लिन सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । 

अब एनएमबि बैंकमा आफ्नो प्यान कार्ड र नागरिकता सहित अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डको लागी अनलाइनबाटै आवेदन दिई विदेशबाट पाइने सेवाहरु जस्तै नेटफ्लिक्स, अमेजन, पेपाल, शिक्षा लगायत सामाजिक सञ्जाल मार्फत पनि आफ्नो व्यवसायलाई आफनै कार्डबाट भुक्तान गरी प्रवद्र्धन गर्न सकिने बैंकले जनाएको छ ।

उक्त सुविधाका लागि https://nmbbanknepal.com/virtual-dollor-card-request-form यो  लिंकमा  आवेदन दिई तत्काल प्राप्त सकिने पनि बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप