बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

सोमबार, १० जेठ २०७८, १९ : ०५
सोमबार, १० जेठ २०७८

पोखरा । कास्कीमा मोटरसाइकल दुर्घटना परी एक युवकको मृत्यु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ ठाँटी, रिभानबाट लुम्लेतर्फ जादै गरेको ग १४ प ९७५५ नम्बरको मोटरसाइकल दुर्घटना हुदा घाइते भएका युवाको उपचारका क्रममा पोखरामा मृत्यु भएको हो ।

मोटरसाइकल दुर्घटनामा घाइते भएका माछापुच्छ्रे–८ लुम्लेका १८ वर्षीय लक्की बिकको फिस्टेल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  दुर्घटनालगत्तै घटनास्थलमा प्रहरी टोली पुगेर थप अनुसन्धान गरिरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप