यस्तो छ विपक्षी गठबन्धनले सर्वोच्चमा पेश गरेको रिट (पूर्णपाठ)
प्रतिनिधिसभा विघटन बिरुद्ध विपक्षी गठबन्धनले पेश गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र जसपाका नेता उपेन्द्र यादव सहितका नेताहरुले सोमबार रिट दर्ता गराएका हुन् ।
रिट निवेदनमा प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति तोक्ने गरी राष्ट्रपतिले गरेको निर्णय लगायत सम्पूर्ण काम कारवाही संविधानको धारा ४६, १३३ (२) र (३) प्रतिकुल हुने जिकिर गरिएको छ । उक्त निर्णयलाई ‘असंवैधानिक र गैरकानुनी’ घोषित गरी उत्प्रेषणको आदेशद्वारा बदर गर्न पनि रिट निवेदकले माग गरेका छन् ।
रिट निवेदनमा प्रतिनिधिसभालाई पुनर्स्थापना गरी प्रतिनिधिसभाको हैसियतले संविधानको धारा ७६ (५) बमोजिम जेठ ७ गते प्रधानमन्त्री नियुक्तिका लागि शेरबहादुर देउवाले पेश गरेको निवेदनका आधारमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको कार्यालयका नाममा परमादेश माग गरिएको छ ।
यस्तै संविधानको धारा ७६ (५) बमोजिम नियुक्ति हुने प्रधानमन्त्रीका लागि समर्थन गरेको आधारमा प्रतिनिधिसभाका सदस्यलाई दल त्याग गरेको भनि कुनै कारवाही नगर्न प्रत्यर्थी राष्ट्रपति कार्यालयसमेतका नाममा परमादेश लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरी संवैधानिक हकको संरक्षण गरिपाउन रिट निवेदकले माग गरेका छन् ।
यस्तो छ रिटको पूर्णपाठ:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण