आँपको रुखमा झुन्डिएको अवस्थामा युवकको शव भेटियो

रौतहट । रौतहटमा आँपको रुखमा झुन्डिएको अवस्थामा एक युवकको शव भेटिएको भएको छ । जिल्लाको यमुना माई गाउँपालिकास्थित एक बगैँचामा आँपको रुखमा झुन्डिएको अवस्थामा युवकको शव भेटिएको हो । यमुना माई गाउँपालिका ५ झुनखुनवा टोलका विष्णुप्रसाद यादवका २५ वर्षीय छोरा रवि प्रसाद यादव आँपको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
स्थानीय हृदय नारायण साहको बगैँचामा मृत फेला परेका उनलाई घाँटीमा गम्छाको पासो लगाएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृतकका बाबु विष्णुले भने छोरा रविको कसैले हत्या गरे रुखमा शव झुण्ड्याइएको आरोप लगाएका छन् । उनले घटनाको गहन अनुसन्धान गर्न प्रहरी समक्ष माग गरेका छन् ।
प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन तालिमप्राप्त कुकुर समेत परिचालन गरेको जिल्ला प्रहरी प्रमुख एसपी सिद्वीविक्रम शाहले बताए । मृतक रविको शव पोष्टमार्टमका लागि काठमाडौ पठाइएको र घटना बारे तत्काल केही भन्न नमिल्ने एसपी शाहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता