शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङमा थप ६ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय

सोमबार, १० जेठ २०७८, १८ : ०३
सोमबार, १० जेठ २०७८

विराटनगर । कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागी मोरङ प्रशासनले जेठ १७ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ। सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले थप ६ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जेठ ११ गते राती १२ बजेदेखि लागू हुने गरि जेठ १७ गतेसम्मका लागी निषेधाज्ञा जारी राख्ने निर्णय गरेको मोरङका  प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले  बताए । 

मोरङमा पहिलोपटक वैशाख १८ गते रातीको १२ बजेदेखि लागू हुनेगरी ७ दिने अल्पकालिन निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले निरन्तर निषेधाज्ञाको समयावधि थप गर्दै आएको छ । गत बैशाख ३१ गतेदेखि लागु हुने गरि जारी गरिएको निषेधाज्ञाको समयावधि पनि जेठ ११ गते मङ्गलबार समाप्त हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप