शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

सोमबार, १० जेठ २०७८, १७ : १७
सोमबार, १० जेठ २०७८

 कर्णाली प्रदेशकाे मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि केही युवाहरुले  धर्ना दिएका छन् ।

प्रदेशमा पर्याप्त अक्सिजनको माग गर्दै युवाहरूको समूहले
आज धर्ना दिएका हुन् । 
उनीहरुकाे माग ‘जिम्मेवार बन सरकार’, ‘इनफ इच इनफ’, ‘दैनिक २५० सिलिन्डर अक्सिजनको व्यवस्था गर’ लगायत छ ।

एकजना युवा अभियन्ता अनिल ढकालले पहिलो दिन धर्नामात्र बसेको र यदि प्रदेश सरकारले साँच्चिकै जनताको स्वास्थ्यमाथि जिम्मेवार नबनेको अवस्थामा रिले अनसनदेखि आमरण अनसनसम्म बस्ने बताएका छन् ।

निषेधाज्ञामा उनीहरुले मुख्यन्त्री कार्यालय अगाडि नै गएर धर्ना दिएका हुन् ।
कर्णाली प्रदेशमा हाल अक्सिजनको चरम अभाव छ । अक्सिजनको लागि नेपालगन्जकै भर पर्नुपर्ने अवस्था छ । 
प्रदेशका विभिन्न क्षेत्रमा अक्सिजन प्लान्ट मार्फत् अक्सिजन उत्पादन भए पनि त्यो पर्याप्त हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप