गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप २० जनाको मृत्यु
गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न अस्पतालहरुमा उपचारका क्रममा संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा स्याङजामा ६,बागलुङ ४, पर्वत ४, कास्की ३, तनहुँमा २ र मुस्ताङमा १ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोना संक्रमणका कारण मुस्ताङ थसाङ–५की ५३ बर्षिय महिलाको पोखरास्थित संक्रामक तथा सरुवा रोग अस्पतालमा मृत्यु भएको छ । त्यसैगरी पोखरा–१३ की ४६ बर्षिय महिला,रुपन्देहीको बुटवल–७ का ४२ बर्षिय पुरुष,बुटवल–१७ का ४६ बर्षिय पुरुष,तनहुँ बन्दीपुर–१ का ५३ बर्षिय पुरुषको समेत पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।
त्यस्तै तनहुँ शुक्लागण्डकी–७ का ३३ बर्षिय पुरुष,बागलुङ जिल्लाको बागलुङ नगरपालिका–४ की ५१ बर्षिय महिला,बागलुङ काठेखोला–७ की ८० बर्षिय महिला,काठेखोला–८ का ५९ बर्षिय पुरुष,बागलुङ–६ का ५१ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । त्यसैगरी स्याङजा वालिङ–६ की ४२ बर्षिय महिला, विरुवा–४ का ३० बर्षिय पुरुष,भिरकोट–२ का ४४ बर्षिय पुरुष,पुतलिबजार–६ का ६७ बर्षिय पुरुष,वालिङ–६ की ५४ बर्षिय महिला,गल्याङ–११ का ४५ बर्षिय पुरुष रहेका छन् ।
त्यस्तै पर्वत जिल्लाको मोदी–८ की ५९ बर्षिय महिला,कुश्मा–३ का ५३ बर्षिय पुरुष, महाशिला–५ का ६९ बर्षिय पुरुष र जलजला –२ का ६४ बर्षिय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५५१ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश : कृषिजन्य वस्तुको निर्यात निरन्तरतामै सीमित
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
बागमतीमा बजेटमाथिको विवाद कायमै, सरकारले देखायो ‘आयोजना बैंक’
-
रात्रिकालीन उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछ: मन्त्री पाण्डे
-
नरसंहार बन्द गर्न जेलेन्स्की र पुटिनलाई ट्रम्पको अनुरोध
-
पार्टी प्रवेश गर्नेलाई माओवादीले छाडेको पार्टीमै भएको पद दिने !