शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य सङ्कटकाल लगाउन सक्ने स्वास्थ्य मन्त्री त्रिपाठीको सङ्केत (भिडियो)

दोस्रो लहर अझै एक महिनासम्म फैलिन सक्ने
सोमबार, १० जेठ २०७८, १६ : ५१
सोमबार, १० जेठ २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले  स्वास्थ्य सङ्कटकाल लाग्न सक्ने सङ्केत गरेका छन् । कोरोना महामारीको दोस्रो लहर अझै एक महिनासम्म तीव्र गतिमा फैलिन सक्ने भएकाले रोकथामका लागि स्वास्थ्य संकटकालको विषयमा छलफल भइरहेको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री त्रिपाठीले बताए । जनस्वास्थ्यविद्हरुको सुझावका आधार स्वास्थ्य मन्त्रालय अगाडि बढ्ने मन्त्रालय सचिव लक्ष्मण अर्यालले बताए ।  

देशमा राजनीतिक हलचल भएपनि स्वास्थ्य मन्त्रालय कोरोना महामारीको युद्धमा निरन्तर लडिरहेको मन्त्री त्रिपाठीले बताए । कोरोनाविरुद्धको खोप खरिदका विषयमा अमेरिका, बेलायत, चीन, रुस लगायतका देशसँग सकारात्मक छलफल भइरहेको मन्त्री त्रिपाठीको भनाइ छ ।

खोप खरिदका लागि राजनीतिक, कुटनीतिक व्यक्तिगत तवरबाट निरन्तर पहल भइरहेको उनले बताए । कोभिशिल्ड खोप पहिलो मात्रा लगाएकाले दोस्रो मात्रा पाउन सक्ने उनले संकेत दिए । कोरोनाविरुद्धको खोप खरिदका लागि छलफल केही देशहरुसँग अन्तिम चरणको पुगेको उनको दाबी थियो । यस्तै युरोपेली संघसँग मौज्दातमा रहेको खोप ल्याउने विषयमा  छलफल भइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप