शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री पदमा ओलीलाई नै निरन्तरता दिन माग गर्दै सर्वोच्चमा ३ रिट

सोमबार, १० जेठ २०७८, १६ : ४२
सोमबार, १० जेठ २०७८

प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिन माग गर्दै सर्वोच्च अदालतमा ३ वटा रिट पेश भएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध हालसम्म सर्वोच्चमा ३० वटा रिट पेश भएका छन् । 

ओलीलाई प्रधानमन्त्री बनाउन माग गर्दै तीनवटा रिट पेश भएको सर्वोच्च अदालतका एक अधिकृतले रातोपाटीलाई बताए । प्रतिनिधिसभा पुनस्र्थापना गरेर शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै २७ वटा रिट पेश भएका छन् । 

विपक्षी गठबन्धनका १ सय ४६ जना सांसदले शेर बहादुरलाई प्रधानमन्त्री बनाउन माग गरेका छन् । विपक्षी चार राजनीतिक दलका सांसदहरुको रिट दर्ताको प्रक्रियामा छ । समाचार तयार गर्दासम्म सर्वोच्चमा सांसदहरुको सनाखत प्रक्रिया जारी छ । 

सवै रिट दर्ताको प्रक्रियामा रहेको सर्वोच्चका संचार विज्ञ किशोर पौडेलले रातोपाटीलाई बताए । मन्त्रिपरिषद् तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ मा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । सो कदम बिरुद्ध कानुन व्यवसायी र सांसदहरुले रिट हालेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप