शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नवनिर्वाचित प्रधानमन्त्रीलाई कुर्सी छाड्न मानेनन् समोआका निवर्तमान प्रधानमन्त्रीले

संसद् भवन प्रवेशमा पनि रोक
सोमबार, १० जेठ २०७८, १६ : १६
सोमबार, १० जेठ २०७८

समोआका नवनिर्वाचित प्रधानमन्त्री फियामे नाओमी माटाफालाई संसद भवन प्रवेशमा रोक लगाइएको छ । गत अप्रिलमा भएको चुनावमा पराजित भए पनि निवर्तमान प्रधानमन्त्रीले कुर्सी छाड्न नमानेपछि उनलाई संसद भवन प्रवेश गर्न नदिइएको हो ।

सोमबार न्यायाधीशहरुसँग देशको प्रथम महिला प्रधानमन्त्रीका रुपमा सपथ लिन र नयाँ सरकार गठन गर्न माटाफा संसद भवन पुगेकी थिइन् । तर, प्रहरीले उनलाई व्यवस्थापिकाको च्याम्बरमा प्रवेश गर्न दिएनन् ।

गत महिना भएको निर्वाचनमा माटाफाले झिनो अन्तरले जित हासिल गरेको अदालतले सदर गरे पनि समोआमा २२ वर्षसम्म शासन गरेका निवर्तमान प्रधानमन्त्री टुइलापा साइलेले माइलेगाओइले सत्ता छाड्न मानेका छैनन् ।

संसद भवनमा प्रवेश गर्न नदिएपछि माटाफा र उनको पार्टीका सदस्यहरुले भवन परिसरमा रहेको बगैँचामा नै सपथ ग्रहणको कार्यक्रम आयोजना गरेका थिए । उक्त कार्यक्रममा राष्ट्रप्रमुख, प्रधानन्यायाधीश वा माइलेगाओइका पार्टीका सदस्यहरु भने उपस्थित थिएनन् । सपथग्रहण कार्यक्रमअघि पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो सरकार वैधानिक भएको घोषणा गरेकी थिइन् ।

गत अप्रिल ९ मा भएको निर्वाचनमा झिनो मतान्तर देखिएपछि माइलेगाओइले मे २१ पुनः निर्वाचन गर्ने घोषणा गरेका थिए । तर, सर्वोच्च अदालतले त्यसलाई खारेज गर्दै माटाफाको फास्ट पार्टीलाई २६–२५ को अन्तरले विजयी भएको घोषणा गरेको थियो ।

यसको बदलामा माइलेगाओइनिकट राष्ट्रमुख तुइमालेली फानो भालेटोआ सुआलाभीले संसदलाई निलम्बन गर्दै सर्वोच्चको अदालतको फैसला अस्वीकार गरेका छन् ।

अलजजिरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप