बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्ने गगन थापाको विश्वास (भिडियो सहित)

सोमबार, १० जेठ २०७८, २१ : ००
सोमबार, १० जेठ २०७८

नेपाली काँग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका छन् । सर्वोच्च अदालत परिसरमा संचारकर्मीलाई प्रतिक्रिया दिँदै उनले अदालतमा संसदको कुल संख्याको ५४ प्रतिशत सांसद आइपुगेको भन्दै  संसद पुनःस्थापना हुने विश्वास व्यक्त गरे । त्यसैले अब सर्वोच्च अदालतले पनि दायाँबायाँ गर्न नमिल्ने उनको भनाइ छ । 

थापाले संसद पुनःस्थापना हुनेमा आफू पूर्ण विश्वस्त रहेको सुनाए । उनले भने, ‘हामी ज्युँदैछौं १४६ जना सर्वोच्चमा सशरीर आयौं, सर्वोच्चले दायाँबायाँ गर्न सक्दैन र गर्दैन। अदालतप्रति हाम्रो भरोसा छ।’ 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहंकारी व्यक्तिको संज्ञा दिएका छन् । प्रधानमन्त्रीले पटक पटक संविधानको उल्लंघन गरेकोले आफूहरु पनि पटक पटक अदालत आउनुपरेको उनको भनाइ थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप