शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मधुमेह छ भने कोरोनाका यी पाँच लक्षणलाई बेवास्ता नगर्नुहोस्

सोमबार, १० जेठ २०७८, १४ : ३१
सोमबार, १० जेठ २०७८

दीर्घ रोगीका लागि कोरोना थप खतरनाक साबित भइरहेको छ । मधुमेह पनि ती दीर्घ रोगमध्ये पर्छन् जसले कोरोनाका बिरामीको समस्यालाई थप बढाइरहेको छ । हुन त कोरोनाको दोस्रो लहरले स्वस्थ व्यक्तिहरुलाई पनि आफ्नो चपेटामा पारिरहेको छ तर पनि मधुमेहका रोगीमा यसको गम्भीरता अलि बढी नै देखिएको छ ।

ब्लड सुगरको खराब स्तरले इन्सुलिनको उत्पादनमा असर पार्छ र यसका कारण प्रतिरोधी क्षमता कमजोर हुन्छ । यसबाहेक मधुमेहका बिरामीको रक्त सञ्चार पनि राम्रो हुँदैन त्यसैले उनीहरुलाई निको हुन अलि समय लाग्छ ।

मधुमेहका बिरामीलाई यदि कोरोना भएको छ भने यसका लागि भाइरल लोडसँग लड्न थप मुश्किल हुनेगर्छ । यतिमात्रै होइन, उनीहरुमा अन्य थुप्रै रोग देखिने खतरा बढ्ने गर्छ । कोरोना भएपछि मधुमेहका बिरामीमा मुटु, साससँग सम्बन्धित समस्या र फोक्सोको रोग लाग्ने सम्भावना बढ्ने गर्छ ।

मधुमेहका रोगीलाई कोरोनाका अन्य केही लक्षण पनि महसुस हुन सक्छन् । यदि समयमा नै ध्यान नदिए यो घातक पनि हुनसक्छ । आउनुहोस्, त्यस्ता लक्षणबारे जानकारी लिऔं जसलाई नजरअन्दाज गर्नु भारी साबित हुनसक्छ ।

छालामा डाबर र नङमा असरः

दोस्रो लहरमा धेरै मानिसहरुलाई साधारण लक्षण अघि छालामा डाबर देखिने, सुन्निने वा एलर्जीजस्ता समस्या महसुस भइरहेको छ । जस्तै कि हात–खुुट्टाका नङमाथि असर देखिन थाल्छ र छालामा रातो धब्बाजस्तो लक्षण ती कोरोनाका बिरामीमा धेरै पाइएका छन् जसको ब्लड सुगर लेभल अत्यधिक छ ।

मधुमेहका बिरामीको घाउ चाँडै निको हुँदैन । हाई ब्लड सुगरका कारण छाला अत्यधिक रुखो हुन्छ । यसबाहेक छाला सुन्निने, रातो धब्बा, फुस्रो हुने सम्भावना बढ्ने गर्छ । यी सबै चिज कोरोना लाग्दा पनि हुनसक्छ । त्यसैले मधुमेह भएका कोरोनाका बिरामीले आफ्नो छालाको विशेष ध्यान राख्न आवश्यक छ र सुरुवाती लक्षणमा ध्यान दिन जरुरी छ ।

कोभिड निमोनियाः

कोरोनाका बिरामीलाई निमोनिया खतरनाक साबित हुनसक्छ । विशेषगरी उनीहरुलाई जसलाई पहिले नै मधुमेहको खतरा छ । बढेको ब्लड सुगरले साससँग सम्बन्धित समस्या बढाउँछ जसका कारण कोरोना थप गम्भीर हुने गर्छ । डाक्टरका अनुसार मधुमेह उच्च भइरहेका बेला भाइरस निकै सजिलै शरीरमा फैलिने गर्छ र अन्य अंगलाई खराब गर्न थाल्छ ।

अक्सिजनको कमीः

दोस्रो लहरमा कोरोनाका बिरामीमा अक्सिजनको कमी सबैभन्दा धेरै देखिएको छ । मधुमेहका बिरामीको प्रतिरोधी क्षमता कमजोर हुने बित्तिकै ती मानिसहरुमा अक्सिजनको कमीको खतरा थप बढ्ने गर्छ । मधुमेहका बिरामीलाई सास फेर्न समस्या र छाती दुख्नेजस्ता लक्षण बढी पाइएको छ । यसबाहेक हाइपोक्सियाको पनि सबैभन्दा बढी खतरा मधुमेहका बिरामीलाई नै देखिएको छ । हाइपोक्सियामा बिन कुनै लक्षण अक्सिजन लेभल कम हुन थाल्छ ।

ब्ल्याक फंगसः

कोभिड–१९ मा ब्ल्याक फंगसको खतरा अचानक बढ्दै गइरहेको छ । यसका कारण मानिसहरुको टाउको दुख्ने, आँखा कमजोर हुने र सुन्निनेजस्ता लक्षण देखिएका छन् । कतिपय अवस्थामा त यसका कारण बिरामीको ज्यान पनि गइरहेको छ । यो विशेषगरी कोरोनाबाट निको भइसकेका ती बिरामीलाई भइरहेको छ जसको ब्लड सुगर असाध्यै धेरै हुन्छ वा उनीहरुलाई स्टेरोइडको बढी डोज दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप