१४६ सांसद सर्वोच्च अदालत पुग्दा जे देखियो, तस्बिरमा हेर्नुहोस्
सोमबार, १० जेठ २०७८, १४ : ३२
१
प्रतिनिधिसभा विघटन विरुद्ध विपक्षी गठबन्धन रिट, निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका छन् । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र जसपाका नेता उपेन्द्र यादव सहितका नेताहरु सर्वोच्च अदालत गएका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका सबै सांसद अदालतमा उपस्थित छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेको हुनाले विपक्षीले संसदले पुनस्र्थापना गर्न माग गरेका छन् । गठबन्धनको पक्षमा १४६ जनाको हस्ताक्षर जुटेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
युरो, साउदी रियाल, कुवेती-बहराइन दिनार र डलरको मूल्य बढ्यो, कसको कति ?
-
आज पुस १ अर्थात् तत्कालीन शाही सत्ताले लोकतन्त्रमाथि ‘कू’ गरेको दिन
-
एटलेटिको मड्रिड उक्लियो दोस्रो स्थानमा
-
चेल्सी र टोटनह्याम विजयी
-
म्यान्चेस्टर डर्बीमा पनि हारे ग्वार्डिवला
-
चर्चित ‘बाली नाइन’ड्रग गिरोहका पाँच जना २० वर्ष जेल काटेर फर्किए अष्ट्रेलिया, राष्ट्रपति हर्षित