बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञाभरी बाणिज्य बैंकहरुले काठमाडौँमा ३ वटा शाखा मात्र खोलेर सेवा दिन पाउने

सोमबार, १० जेठ २०७८, १४ : ०२
सोमबार, १० जेठ २०७८

बाणिज्य बैंकहरुले काठमाडौँ जिल्लामा आफ्ना तिन वटा शाखा मात्र खोलेर सेवा दिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै निषेधाज्ञा अवधिभर बाणिज्य बैंकहरुले काठमाडौँ जिल्लामा तीनवटा शाखा, विकास बैंकहरुले २ वटा, फाइनान्स कम्पनीहरुले एक वटा मात्र शाखा खोलेर सेवा दिनुपर्ने जनाएको हो । 

 यस्तै ललितपुरमा बाणिज्य बैंकहरुले २ वटा, भक्तपुरमा एउटा एउटा शाखा सञ्चालन गर्न सक्नेछन् । विकास बैंकहरू र फाइनान्स कम्पनीहरुले  भने ललितपुरमा र भक्तपुरमा एक÷एक वटा शाखा खोल्न पाउने नेपाल राष्ट्र बैंकले जनाएको छ । 
यस्तै अत्यावश्यक सेवाका लागि बन्द रहेको शाखाको, सम्पर्क व्यक्तिको नम्बर र सेवा प्राप्त गर्न सकिने वैकल्पिक शाखा र शाखा खुला रहने समयको जानकारी समेटिएको सुचना दैनिक रुपमा प्रकाशन गर्नुपर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप