बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अगुएरो बार्सिलोनासँग अनुबन्ध गर्ने निकट : ग्वार्डिओला

सोमबार, १० जेठ २०७८, १३ : ५२
सोमबार, १० जेठ २०७८

म्यान्चेस्टर सिटीका म्यानेजर पेप ग्वार्डिओलाले सर्जियो अगुएरो अर्को सिजन स्पेनिस महारथी बार्सिलोनासँग अनुबन्ध गर्ने निकट पुगेको खुलासा गरेका छन् । करार समाप्त भएसँगै ३२ वर्षीय अगुएरोले सिजनको अन्त्यपछि सिटी छाड्ने छन् । क्लबका लागि ३८९ खेलमा उनले २६० गोल गरेका छन् ।

‘सायद म एउटा गोप्य कुरा खुलाउँदैछु,’ ग्वार्डिओलाले भने, ‘सायद उनी मेरो हृदयनजिक रहेको क्लब बार्सिलोनासँग अनुबन्ध गर्ने नजिक रहेका छन् । उनी अहिलेसम्मकै विश्वको उत्कृष्ट खेलाडीसँग खेल्न गइरहेका छन् ।’

‘म निश्चित छु, उनी त्यहाँ रमाइलो मान्नेछन् । र सायद बार्सिलोना उनी मैदानमा हुँदा थप शक्तिशाली बन्नेछ,’ उनले थपे ।

अगुएरोले आइतबार इतिहाद स्टेडियममा सिटीका लागि अन्तिम खेल खेले । एभर्टनविरुद्ध उत्कृष्ट जित निकाल्ने क्रममा उनले दुई गोल पनि गरे । यसअघि नै अगुएरो बार्सिलोनासँग छलफलमा रहेको कुरा सार्वजनिक भइसकेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप