शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंकले ल्यायो वैभब बचत खाता, यस्तो छ ब्याजदर

सोमबार, १० जेठ २०७८, १३ : ४७
सोमबार, १० जेठ २०७८

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो २७औं वार्षिक उत्सवको अवसरमा आकर्षक वार्षिक ५.५० प्रतिशत ब्याजदरको वैभव बचत खाता सञ्चालनमा ल्याएको छ । कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै आफ्नो नजिकैको शाखामा अनलाइन मार्फत ग्राहकहरुले सजिलै यस खाता खोल्न सक्नेछन् ।

उच्चतम प्रतिफल प्राप्त गर्न सकिने वैभव बचत खातामा मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट र मेरो सेयर जस्ता आवश्यक सुविधामा प्रथम बर्षको लागि शतप्रतिशत छुट प्रदान गरीएको बैंकले जनाएको छ । त्यस्तै उक्त खातामा लकर सुविधामा ५०% छुट दिनुका साथै कनेक्ट आईपीएसको सुविधा पनि रहेको बैंकले जनाएको छ ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप