बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘चञ्चले मन’मा बालकृष्ण र गीताको स्वर

सोमबार, १० जेठ २०७८, १३ : २२
सोमबार, १० जेठ २०७८


पछिल्लो समय अमेरिकामा रहँदै आएका गायक, गीतकार तथा संगीतकार बालकृष्ण न्यौपानेको नयाँ गीत ‘चञ्चले मन’ सार्वजनिक भएको छ । गीतमा दि भ्वाइस अफ नेपाल प्रतियोगी गीता शर्मा र न्यौपाने कै स्वर रहेको छ । 
गीतको भिडियोमा भने प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । काठमाडाैं उपत्यकामा छायाँंकन गरिएको भिडियो सिर्जन बरालले निर्देशन गरेका हुन् ।

भिडियोमा पुजन घिमिरे र पुष्कर दाहालको अभिनय रहेको छ । विष्णु अधिकारीको एरेन्ज, दीपक गिरीको छायाँकन रहेको भिडियोमा अमृत चापागाईँले सम्पादन र दुर्गा धिमाल न्यौपानेको निर्माण रहेको छ ।
न्यौपानेका यसअघि ‘सोल्टिनी’, ‘बाहार बनी तिमी आयौ’लगायत दर्जन बढी गीत बजारमा आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप