बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

अमेरिकामा १३ वर्षभन्दा कम उमेरका बच्चा भएका १५ लाख आमाले जागिर छोडे, अबेर रात काम गर्न बाध्य

सोमबार, १० जेठ २०७८, १२ : ४७
सोमबार, १० जेठ २०७८

कोरोना संकटले संसारभरीका आमा–बुवाको जीवन फेरिदिएको छ । स्कूल र कामकाजका स्थल बन्द हुँदाको असर सबैभन्दा बढी असर आमा–बुवामाथि परेको छ । विशेषगरी यसबाट आमा बढी प्रभावित भइरहेका छन् । अमेरिकाको जनवरी सन् २०२१ सम्म यो आँकडा चिन्ताजनक छ ।

सन् २०२० मा अमेरिकामा १३ वर्षभन्दा कम उमेरका बच्चाका १५ लाख आमा (८ प्रतिशत) ले आफ्नो जागिर छोड्नुपर्यो जबकी सामान्य कामकाजी महिलाको मामिलामा यो आँकडा ५.३ प्रतिशत छ । यसैगरी १३ वर्षभन्दा कम उमेरका बच्चा भएका ५.६ प्रतिशत पिताले काम छोड्नु पर्यो ।

अमेरिकन साइकोलोजिकल असोसिएसन (एपीए) का अनुसार अमेरिकामा कोरोना संकटका बेला आमा–बुवा अन्य मानिसहरुको तुलनामा बढी समस्यामा छन् । यूनिभर्सिटी कलेज लण्डनसँग जोडिएका एलिस पोलले बेलायतमा थुप्रै आमा–बुवा उच्च स्तरको चिन्ता, तनाव र डिप्रेसनसँग जुधिरहेका छन् । परिवारको आर्थिक स्थितिमा गिरावट हुँदा परिवारमा थप चिन्ता परेको छ ।  

उता जर्मनीको क्याथरिना बोशे व्यावसायिक रुपमा वकिल हुन् र तीन सन्तानकी आमा हुन् । उनी भन्छिन्, ‘केही दिनभित्रै सबैकुरा हातबाट निस्कियो । छोरीहरुको स्कूल १४ महिनासम्म बन्द भयो । केही समयका लागि ती खुले पनि । तर यसले हाम्रो दिनचर्या पूर्ण रुपमा फेरिदियो । छोरीहरुलाई अनलाइन कक्षामा मद्दत गर्नुपर्छ । आफ्नो कामका लागि शान्तिपूर्ण समयको आवश्यकता छ । यस्तोमा म अबेर राती वा बिहान ४ बजेदेखि ८ बजेबीच काम गर्दथेँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप