बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नारायणीमा अवैध माछा मार्ने २४ पक्राउ

सोमबार, १० जेठ २०७८, १२ : २४
सोमबार, १० जेठ २०७८

चितवन राष्ट्रिय निकुञ्जले अवैधरुपमा माछा मार्ने २४ जनालाई पक्राउ गरेको छ । 

नारायणी नदीमा प्रतिबन्धित तियारी जालको प्रयोग गर्दै माछा मारिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो । 

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आज बिहान ३ः०० बजेको समयमा भरतपुर महानगरपालिका–२६ भगेडीस्थित नारायणी किनारबाट उनीहरुलाई पक्राउ गरिएको हो । 

उनीहरुका साथबाट एउटा बोलेरो जीप, दुई स्कुटर, दुई क्विन्टल माछा र ४४ थान तियारी जाल बरामद गरिएको छ । 

उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम मुद्दा लगाई कानूनी कारबाही गरिने निकुञ्जले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप