प्रतिनिधिसभा विघटनको विपक्षमा यी कानुनविद्ले गर्नेछन् बहस
सोमबार, १० जेठ २०७८, ११ : १९
प्रतिनिधिसभा विघटनको विपक्षमा विपक्षी गठबन्धनले दायर गर्न लागेको रिटमा दर्जनौं कानुनविद्हरुले बहस गर्ने भएका छन् ।
कानुनविद्हरु बद्रीबहादुर कार्की, शम्भु थापा, रमन श्रेष्ठ, हरिहर दाहाल, रामनारायण बिडारीलगायतले बहस गर्नेछन् । यस्तै दलको तर्फबाट भीम रावल, पुष्पा भुसाल र रमेश लेखकले पनि बहस गर्नेछन् ।
विपक्षी गठबन्धनका नेताहरुले काँग्रेस सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग गरेका छन् । सर्वोच्च अदालतमै बहुमत प्रस्तुत गरेर देउवालाई प्रधानमन्त्री बनाउने मागसहितको रिट विपक्षी गटबन्धनले तयार पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ