सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

भोलिदेखि सरकारले आन्तरिक ऋण उठाउने

सोमबार, १० जेठ २०७८, ११ : १०
सोमबार, १० जेठ २०७८

सरकारले मंगलबारदेखि आन्तरिक ऋण उठाउन थाल्ने भएको छ ।  ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्र मार्फत सरकारले आन्तरिक ऋण उठाउन लागेको हो । नेपाल राष्ट्र बैंकले अन्तिम चौमासिकमा १ खर्ब १२ अर्ब रुपैयाँ ऋण उठाउने जनाएको छ । 

 ९१, १८२ र ३६४ दिने ट्रेजरी बिलबाट ६९ अर्ब ५० करोड रुपैयाँ, विकास ऋणपत्रबाट ४० अर्ब रुपैयाँ, २ अर्ब रुपैयाँ नागरिक बचत पत्रबाट र वैदेशिक रोजगार बचत पत्रबाट ५० करोड रुपैयाँ उठाउँन लागेको हो । यसअघि सरकारले पहिलो चौमासिकमा ५७ अर्ब र दोस्रो चौमासिकमा ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप